कांग्रेसका सुरेन्द्र आचार्य नयाँ मन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा नयाँ सदस्य भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निकट मानिने आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यसअघि उक्त मन्त्रालय नेसपाका महिन्द्रराय यादवले सम्हाल्दै आएको र उनलाई अहिले वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।
नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर