अफगानिस्तानमा बाढीमा परी ४ जनाकाे मृत्यु, २५ घाइते

काठमाडौं । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ ।

बाढीमा परी २५ जना घाइते भएका हुन् । बाढीबाट कामा, लालपुर, गोष्टा र कोज कुनार जिल्ला बढी प्रभावित भएका छन् । बाढीबाट सयौं घर डुबानमा परेका छन् भने सडकमा सहरका सयौं सवारीसाधन पनि डुबेका छन् ।

बाढीले यातायात सेवा अवरुद्ध हुनुका साथै ठाउँठाउँमा बिजुली आपूर्ति पनि बन्द भएको छ । बाढी प्रभावितहरुको उचित ब्यवस्थापन नहुँदा सयौंको बिचल्ली भएको छ ।

मौसमविदहरुले अफगानिस्तानमा भारी वर्षा हुने क्रम जारी रहेकाले सचेत रहन चेतावनी दिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर