इन्टरले रोमालाई हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले हराएको हो ।

इन्टरको जितमा फेडेरिको डिमार्को र रोमेलु लुकाकुले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

जितसँगै इन्टरले ३४ खेलमा ६३ अंक जोडेको छ ।

इन्टर चौंथो स्थानमा रहेको छ ।

रोमा ५८ अंक सातौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर