बायर्नलाई ४ अंकको अग्रता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ६२ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रेमेनका निकल्सले गोल गरेपनि बायर्न २-१ ले विजयी भयो ।

जितसँगै बायर्नले ३१ खेलमा ६५ अंक जोडेको छ ।

बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

ब्रेमेन ३५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर