रियललाई कोपा डेल रे को उपाधि

काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

रियलले शनिबार राति भएको फाइनलमा ओसासुनालाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।

रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो ।

रियलको यो २० औं कोपा डेल रे उपाधि हो । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर