प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भुटानी शरणार्थी प्रकरणमा पुनः कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तामा भुटानी शरणार्थी प्रकरणको विषयले प्राथमिता पाएको बताइएको छ । भुटानी शरणार्थी प्रकरणर्मा मालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउपूर्जी जारी गरेको हुनाले ओलीले त्यो विषयमा विशेष चासो राखेका हुन् । रायमाझी प्रहरीको सूचीमा फरार अंकित छन् ।
ओलीसँग भएको कुराकानीबारे पत्रकाहरूसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ ।’
प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए । ‘‘रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुनस् निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ प्रधानमन्त्रीले भने ।
यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर