आज चितवन बन्द

काठमाडौं । कुखुरापालन व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुङटालाई पक्राउ नगरेको विरोभस्वरूप शनिबार चितवन बन्द गरिएको छ ।

बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा गरिएको बन्दका कारण नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा विरोध प्रदर्शन भइरहेको छ । अहिलेसम्म बन्द शान्तिपूर्ण तवरले भइरहेको प्रहरीले जनाएको छ ।

कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर