कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य आपतकालको अन्त्य

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।

सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाइएको छ । तीन वर्षअघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा सङ्कटग्रस्त अवस्था बनाएको समेत डब्लुएचओले जनाएको छ ।

अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रतिहप्ता १ लाखभन्दा बढी व्यक्तिमा देखा परेको थियो भने अहिले त्यो घटेर ३५०० मा आइपुगेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले यो महामारीमा कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताए । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर