कांग्रेस बैठक :  सभापति र सहमहामन्त्रीबीच भनाभन

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले पुनर्गठित मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट समावेशिताको सिद्धान्तमुताविक व्यवहारमा कार्यान्वयन नभएको प्रश्न उठाउँदा पार्टीका सभापति शेरबहादुर देउवा झोक्क्एिका छन् । सभापति देउवा झोक्क्एिको मात्र के हो र सह–महामन्त्री परियार र देउवाबीच निकै बेर भनाभन चल्यो ।

सभापति देउवा र परियारबीच भनाभन यत्ति भयो कि बैठकमा उपस्थित महामन्त्री गगन थापाले महाभारतमा श्रीकृष्णको भूमिका जस्तै शान्तप्रिय पात्र बन्नु प¥यो ।

सन्दर्भ हो, बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सहमहामन्त्री जीवन परियारले सरकारमा मन्त्री सहभागी गराउँदा पार्टीले समावेशिता नअपनाएको भन्दै असन्तुष्टि पोखेका थिए।

सरकारमा सहभागी हुने भएपछि कांग्रेस कार्यसम्पादन समितिको यसअघिको बैठकले समावेशिता र प्रदेशहरुमा सन्तुलन मिलाएर मन्त्री छान्ने मापदण्ड बनाएको थियो। तर, सरकारमा गएका आठ मन्त्री समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सभापति देउवामाथि सहमहामन्त्री परियाले प्रश्न उठाएपछि देउवा झोक्किएका थिए। जवाफमा देउवाले सबैलाई एकैपटक मौका दिन नसकिने भन्दै पार्टीको मापदण्डलाई अर्को पटक विचार गर्ने बताए। त्यसपछि परियारले सभापति देउवामाथि सधैं यस्तै गरिरहँदा पार्टीप्रति आकर्षण कम भएको बताएपछि देउवा चूप बसेका थिए ।

स्रोतका अनुसार सभापति देउवा र सहमहामन्त्री परियारबीचमा चर्काचर्की नै हुनथालेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकको वातावरण शान्त बनाउन भूमिका निर्वाह गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर