भक्तपुरमा विवाहको मिति तय भएकी सुस्मिता पासो लगाई झुण्डिएको अवस्थामा फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया युवती मृत फेला परेकी छिन् ।
बैशाख २८ मा विवाहको मिति तय भएकी २४ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी हुन् ।
उनको शव बिहीबार आफ्नै घरको फलामे भर्याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको एसपी प्रजित केसीले जानकारी दिए ।
उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया