सुनको मूल्यको नयाँ रेकर्ड

काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो।

यससँगै छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर