सन्दीप रायमाझीलाई तीन दिन थुनामा राख्ने आदेश

काठमाडौं । एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।
सन्दीपलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले बुधबार बुटवलमा पक्राउ गरेर बिहीबार बिहान काठमाडौं ल्याएर जिल्ला अदालतमा उपस्थित गराएको हो ।
प्रहरीले सन्दीपविरुद्ध संगठित अपराध, ठगीलगायत कसुरमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया