गगनले पनि भने, “संलग्न जोसुकै होस्, कानूनभन्दा माथि कोही हुँदैन्”

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धामा संलग्न राजनीतिक दलका नेता तथा उच्चपदस्थ कर्मचारी प्रकरणमा जजोसुकै, जुनसुकै होस् छुट्नु हुँदैन भन्ने आवाज बुलन्द पार्ने पंक्तिमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि परेका छन् ।
उनले बिहीबार समाजिक सञ्जालमा भने, “संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन।”

महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिको पूर्ण विवरण, “नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर