एमाले सचिव रायमाझीले भने, “बिहीबार दिउँसो २ बजेसम्ममा आफैँ उपस्थित हुन्छु”

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिले चर्चामा छन् । रायमाझीले कुनै असल कार्य गरेका कारणले चर्चामा आएको नभई उनको नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कालो काममा संलिप्त भएको शंकामा प्रहरीले खोजी कार्य गरेपछि एकाएक चर्चामा आएका हुन् । हुन त उनले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धान कार्यमा सकभर सहयोग गर्ने बताउँदै आएका छन् ।
अर्चाखाँचीमा बुधबार आयोजित एक कार्यक्रममा विशेष अतिथि बनेर काठमाडौं फर्कने बताएका रायमाझी त्यसपछि सम्पर्कविहीन भएका थिए । उनका छोरा सन्दीप रायमाझीलाई पनि प्रहरीले बुटवलमा बुधबारै पक्राउ गरेको थियो । प्रहरी सूत्रका अनुसार जब काठमाडौंमा बिहीबार बिहान टोपबहादुर रायमाझी पक्राउ प¥यो भन्ने समाचार सनसनीपूर्वक फैलियो तब रायमाझीले ठगी प्रकरणको अनुसन्धानमा ‘सहयोग गर्न’ आफैं उपस्थित हुने भन्दै प्रहरीलाई फोन गरेका थिए । उनले बिहीबारको फोनमा दिउँसो २ बजे आफैं उपस्थित हुने भनेर प्रहरीलाई जानकारी गराएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर