एमाले नेता टोपबहादुर रायमाझीका छोरालाई जिल्ला अदालत लगिँदै

काठमाडौं । एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट काठमाडौँ ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाउन सहयोगीको भूमिका खेलेको आरोपमा भैरहवामा बुधवबार पक्राउ परेका सन्दीपलाई बिहीबार बिहान काठमाडौँ ल्याइएको हो ।
काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँ ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
प्रतिक्रिया