डेंगुका लक्षण देखिएमा जचाउँन जान सरकारको आग्रह

काठमाडौं । डेंगुका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था जान आग्रह सरकारले गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना प्रकाशित गरी ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, थकाई महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार गर्न सल्लाह दिएको छ ।

चिकित्सकका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, बान्ता हुनु एक्कासि ज्वरो आउनु डेंगुका लक्षण हुन् । डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो ।

यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर