फिल्म ‘८ ए एम मेट्रो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता गुलशन देवैया र अभिनेत्री सैयामी खेरको फिल्म ‘८ ए एम मेट्रो’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा विवाह गरेर आमा भइसकेको महिलाले अर्कौ पुरुषलाई प्रेम गर्न थालेपछि आउने परिर्वतनलाई विषयवस्तु बनाएर देखाइएको छ । फिल्मको निर्देशन भने राज रचकोंडाले गरेका हुन् ।

गुलशनले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ सामान्य मेट्रो राइडले पनि हामीलाई यस्तो ठाउँमा पुर्‍याउन सक्छ जहाँबाट फर्कन सजिलो हुँदैन । बिहान ८ बजे मेट्रोमा सँगै यात्रा गर्दा मित्रता गर्ने दुई अपरिचित व्यक्तिको कथा हेर्नुहोस् ।’

गुलशन र सैयामी हरेक दिन ८ बजेको मेट्रो ट्रेनमा यात्रा गर्छन् र साथी बन्छन् । त्यसपछि सुरु हुन्छ उनीहरुको प्रेमकथा । सैयामी एक विवाहित महिला हुन् । उनका दुई छोरी पनि छन् । तर गुलशनलाई भेटेपछि उनको जीवनमा धेरै परिर्वतन आँउछ ।

मानिसबीचको भावनात्मक सम्बन्ध कत्तिको बलियो र शक्तिशाली हुन सक्छ भन्ने ट्रेलरले देखाइएको छ । साथै, जीवनमा आउने कुनै पनि किसिमको चुनौतीको सामना गर्न मानिसहरू सँगै हुनु कत्ति महत्त्वपूर्ण छ भन्ने देखाइएको छ ।

राज रचकोंडा र किशोर गन्जी फिल्मका निर्माता हुन् । फिल्ममा गुलजारका कविता प्रयोग गरिएको छ । मार्क के रोबिनको संगीत र जोनिता गान्धी, जुबिन नौटियाल, जावेद अली र विशाल मिश्राको संगीत छ ।

फिल्म मे १९ मा रिलिज हुँदैछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर