इन्टर र युभेन्ट्सको जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा इन्टरले भेरोनालाई ६-० गोल अन्तरले हराएको छ ।

इन्टरको जितमा लाउटरो मार्टिनेज र इडेन जेकोले २र२ गोल गरे ।

एडोल्फो गाइच र हाकनले एक एक गोल गरे ।

जितसँगै इन्टर ६० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।

भेरोना २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

सिरी ए अन्तर्गत नै युभेन्ट्सले पनि जित निकालेको छ ।

युभेन्ट्सले लेसीलाई २-१ गोल अन्तरले हराएको हो ।

युभेन्ट्सका लागि लेन्ड्रो पाराडेस र डुसन भ्लाहोबीचले एक एक गोल गरे ।

लेसीका एस्सन चियसले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्स ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लेसी ३१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

एसी मिलान भने क्रेमोनेसेसँग १-१ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर