लिभरपुलको जितमा सलाहको गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

बुधबार राति लिभरपुलले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।

सलाहले खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

लिभरपुलले ३४ खेलमा ५९ अंक जोडेको छ ।

फुलहम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर