त्यो एउटा डायरी जसले नक्कली भुटानी शरणार्थी काण्डको पर्दाफास ग-यो…..

काठमाडौ । दाङका सन्देश शर्मा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार इन्द्रजीत राई र नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेको अपराधकर्ममा संलग्न भएको सूत्रधारको रूपमा अगाडि आउला भन्ने शायद वरिष्ठ वर्गले कहिल्यै सोचेको थिएन होला । भनिन्छ पाप भनेको धुरीबाट पलाउँछ । अहिले नक्कली भुटानी शरणनार्थी बनाउने काण्डमा यस्तै परिघटना विकास भएको छ । शायद दाङका शर्मा पक्राउ नपरेको भए यो काण्ड गुपचुप हुन्थ्यो हो किनभने राज्यसत्ताको डाडुपन्यूँनै संलग्न भएको देखिन आएको छ ।
प्रहरीले नक्कली शरणार्थी काण्डका गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पा¥यो, जसमा रकम लिएका उच्चपदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकमसमेत फेला प¥यो ।
मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी स्रोतको दाबी छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो ।
जसमा मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको बताइएको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खालका देखिएकाले प्रहरीले ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर