एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न अनुरोध

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सञ्चालमा रहेका र सञ्चालनमा ल्याउन लागेका एम्बुलेन्स सञ्चालकहरुलाई अनुमति लिन र नवीकरण गर्न भनेको छ।

मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै ३५ दिन भित्र एम्बुलेन्स अनुमति र नवीकरण गर्न भनेको हो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। तर उक्त व्यवस्था विपरित कतिपय एम्बुलेन्स सञ्चालकले अनुमति र नवीकरण नगरिक सञ्चालन गरेको बुझिएको भन्दै मन्त्रालयले ३५ दिन भित्र निर्देशिका अनुसार अनुमति र नवीकरण गर्न अनुरोध गरेको हो।

abulance notice.jpg

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर