बुधबार पनि घट्यो शेयरबजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौं दिन आज बुधबार पनि घटेर बन्द भएको छ । आज नेप्से ९.१८ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब २३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.२७ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ४० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ६९ करोड २२ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४६३.५० रुपैयाँ पुगेको हो ।

नेप्सेका अनुसार आज एनआइबीएल ग्राथ फण्ड र सनराइज ब्लुचिफ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दाबढिले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर