पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।

यसै घटनामा मुछिएकाले पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर