सुडानका दुई युद्धरत पक्ष सात दिने युद्धविराम गर्न सहमत

काठमाडौं । सुडानका दुई युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सात दिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन्

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (एसएएफ)प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए । उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिएका छन् । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरेका छन् ।

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजिएडी)का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजिएडीले युद्धविरामको पहल गरेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर