वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर