अभिनेत्री परिणिती र सांसद राघव चड्ढाले इन्गेजमेन्ट गर्दै

काठमाडौं । भारतीय अभिनेत्री परिणिती चोपडा र प्रेमी आम आदमी पार्टीका सांसद राघव चड्डाले १३ मे मा इन्गेजमेन्ट गर्ने भएका छन् ।

आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरु विवाहको तयारीमा एकसाथ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो जोडी अहिले इन्गेजमेन्टको तयारीका लागिरहेको छ ।

प्राप्त जानकारी अनुसार उनीहरुले मे १३ मा नयाँ दिल्लीमा इन्गेजमेन्ट गर्न लागेका हुन् । यसअघि दुवैले गत महिना अप्रिल १० मा इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, त्यो बेला इन्गेजमेन्ट हुन सकेन् र उक्त इन्गेजमेन्ट १३ मे मा सारिएको छ ।

२८ मार्चमा एपीपी सांसद सञ्जीव अरोराले ट्विटरमा परिणिती र राघवको एक तस्बिर सार्वजनिक गर्दै लेखेका थिए, ‘म तपाईंहरू दुवैलाई हृदयदेखि बधाई दिन्छु । म आशा गर्छु तपाईंहरुको जिवन एकता प्रेम र आनन्दले भरियोस् मेरो शुभकामना छ ।’

परिणितीको नाम यसअघि नै निर्देशक मनिष शर्मासँग जोडिएको थियो । परिणीतिले उनको निर्देशनमा बनेको फिल्म ‘लेडीज भर्सेस रिकी बहल’बाट डेब्यु गरेकी थिइन् । मनिष शर्माले शुद्ध देसी रोमान्स, फ्यान जस्ता फिल्म निर्देशन गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर