कर्णालीमा समाजवादीलाई बाइपास गरियोः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकार गठन गर्दा नेकपा माओवादीले आफ्ना सांसदलाई बेवास्ता गरेको बताएका छन् ।

सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा  कर्णालीमा माओवादी केन्द्रले आफ्नो दम्भ पेश गर्दै आफ्ना सांसदहरुलाई बेवास्ता गरेको नेपालले बताए ।

केन्द्रमा गठबन्धन टिकाउने कुरा भइरहँदा प्रदेशमा भने आफूहरुलाई बाइपास गरेर ‘कर्णाली सरकारमा एकलौटी गर्न खोजीएको नेता नेपालले आरोप लगाए ।

नेपालले गठबन्धनले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताउँदै सुरुमा सरकार गठन गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताको भुक्तभोगी भएर ओलीको शरणमा परेको टिप्पणी समेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर