मेस्सी दुई साताका लागि निलम्बित
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।
क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।
निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् ।
मेस्सीले पछिल्लो पटक आइतबार लोरिएन्टविरुद्धको खेल खेलेका थिए ।
३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ ।
क्लबले मेस्सीलाई जरिवाना समेत गरेको छ ।
मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।
विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ।
मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । एजेन्सी