मिटरब्याजपीडितको समस्या समाधान गर्न अध्यादेश ल्याउने तयारीमा सरकार

काठमाडौं । सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिटरब्याजीको समस्या छिटोभन्दा छिटो समाधानका लागि कानुनी व्यवस्था गर्न मन्त्री परिषद् बैठकबाट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।

सञ्चारमन्त्री शर्माले थरुहट–थारूवान् आन्दोलनका क्रममा भएका घटनामा दोषी ठहर भई जेलमा रहेका नेता रेशमलाल चौधरीको रिहाइका सन्दर्भमा कुनै अध्यादेश नआउने प्रस्ट पार्दै भनिन्, “त्यो विषय अध्यादेशका रूपमा नभएर ऐनकै रूपमा जान्छ होला। विधेयक समितिले मन्त्री परिषदमा प्रस्ताव गरेको छ। त्यसलाई संसद्को नियमित प्रक्रियाबाटै अघि बढाउन सकिन्छ।”

उनले केही नेपाल ऐन संशोधनलाई कसरी सुधार गर्ने र के–के विषय समावेश गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको र त्यहाँ समावेश गर्ने विषयमध्ये जेलमा रहेका नेता चौधरीको विषय पनि हुन सक्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर