यार्सा खोज्न गएकाहरू हिमपहिरोमा पुरिएको शंका

काठमाडौं । दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।
ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८–९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर आएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गएको बताइएको छ। (तस्बिर ः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर