आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९र८० को  वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो । यस्तै, चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।

राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले मुलुकको अर्थव्यवस्था निराशाजनक रहेको देखाउँछ। चालु आर्थिक वर्षको सुरुवातमा बाह्य क्षेत्र दबाबमा परेपछि आयात कडाइ गरिएको थियो आयात कडाईसँगै बाह्य क्षेत्र सुधार आएपनि सार्वजनिक वित्तमा दबाब पर्‍यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर