“पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन्”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको भन्दै महालेखाको आलोचना गरेका छन् ।
ग्रासरुट अभियानको मंगलबार राजधानीमा आयोजित समीक्षा कार्यक्रममा ओलीले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।

ओलीले भने, ‘हाम्राविरुद्ध प्रतिक्रियावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिँजाउने काम गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसाबकिताब होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ। साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’

आलीले धरहराजतिको अग्लो, ४५ मिटर मुनिबाट जग खनेर बनाएको उक्त टावर गजूर राख्दा एकसय मिटर हुने तर त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भनेर प्रश्न गरेको भन्दै आपत्ति जनाए ।

उनले महालेखाले सरकारले कुन काम गर्छ भनेर हेर्न नभई हिसाब गर्नेमात्र भएको बताउँदै उनले भने, ‘सरकारले कुन काम गर्छ रु कुन योजना बनाउछ, कसरी विकास गर्छ रु भन्ने महालेखा परीक्षकको काम होइन, हिसाबमात्र हेर्ने काम हो । पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन् । यो भन्दा अघि पनि त्यसै गरेका छन् । एमालेविरोधी तत्त्व जसरी हुन्छ एमालेको बदनाम र विरोध गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर