राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न लागिएको बताएका छन्। उनले साइबर सुरक्षाका लागि आवश्यक नीति नियम र संचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको दाबी गरेका छन्।

छैटौं सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधि मैत्री हुँदै गइरहेको भन्दै सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर