दोहामा दुई दिने सम्मेलन सुरू

काठमाडौं । संयुक्त राष्ट्र संघको पहलमा अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कतारको दोहामा दुई दिने सम्मेलन सुरू भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अमेरिका, चीन र रूसका साथै प्रमुख युरोपेली दाता राष्ट्रहरु लगाएत पाकिस्तानका गरी करिब २५ देश र समूहका प्रतिनिधिहरू सहभागी छन् ।

सो सम्मेलनमा तालिवान सरकारलाई आमन्त्रण नगरिएको भन्दै सम्मेलन अघि नै केही राष्ट्रहका प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् ।

सन् २०२१ को अगष्टदेखि अफगानिस्तानको सत्ता सम्हालेको तालिवान शासकहरूलाई मान्यता दिने कुनै पनि कदमको विरोधमा अफगानी महिलाहरूको एउटा सानो समूहले काबुलमा विरोध प्रदर्शन गरेपछि संयुक्त राष्ट्रसंघको ध्यान केन्द्रित भएको हो ।

विरोधमा उत्रेका अफगान महिला समूहको गठबन्धनले दोहा सम्मेलनलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् । जसमा कुनै पनि देशले औपचारिक सम्बन्धबारे विशेष विचार गर्न र यही अवस्थामा तालिवानलाई मान्यता नदिन आग्रह गरिएको छ ।

दुइदिने सम्मेलनमा मंगलबा सहभागी राष्ट्रका प्रतिनिधिहरुले आ–आफनो धारणा राख्ने छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर