डाक्टरहरूको परामर्श शुल्क (फि) मा वृद्धि

काठमाडौं । सरकारले चिकित्सकहरूको परामर्श सेवा शुल्कमा  वद्धि गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल चिकित्सक संघ र निजी अस्पतालहरूको संगठठन (अफिन) को संयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको बताए।

डा. पोखरेलका अनुसार चिकित्सकहरूको योग्यताका आधारमा दुई वर्षअगाडि नै मन्त्रालयले चिकित्सक संघलाई दुई–दुई वर्षमा शुल्क पुनरावलोकन गर्ने सहमति दिइसकेको छ । वृद्धि गरिएको सेवा शुल्क आगामी जेठ १ गतेदेखि लागू हुनेछ ।

नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४ सय २० रुपैयाँ र पाँच वर्षभन्दा माथिकाले ५ सय १५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्। एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले ५ सय ९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६ सय ७० रुपियाँ शुल्क लिन पाउनेछन्।

ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४ सय २० देखि ९ सय ४० सम्म शुल्क लिन पाउनेगरी निर्णय भएको छ। नयाँ शुल्कअनुसार डीमए तथा एमसीएच गरेका डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८ सय ८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९ सय ४० रुपैयाँ लिन पाउने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर