युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।

यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे । तर ह्याट्रिक गर्नबाट चुके ।

अहिले नेपालले ब्याटिङ सुरु गरेको छ । आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।

यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरीयताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर