लेस्टर र एभर्टन बराबरीमा रोकिए

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार राति भएको खेलमा लेस्टर र एभर्टनले २-२ गोलको बराबरी खेलेका छन् ।
खेलको १५ औं मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा काग्लर सोयुन्चुले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै एभर्टनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै लेस्टरले ३४ खेलमा ३० अंक जोडेको छ ।
लेस्टर १६ औं स्थानमा रहेको छ ।
एभर्टन ३४ खेलमा २९ अंक जोडेर १९ औं स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया