१९ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ६४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २९ हजार ३९९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २८३ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर