एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीको संसदसमक्ष अनुरोध

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई कानुनतः पक्राउ गर्न प्रहरीले संसद सचिवालयलाई पत्र लेखेको छ । कानुनको नजरमा सांसद कोइरी फरार अभियुक्त हुन् । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । संसदको अधिवेशन चलिरहँदा सांसद कोइरीले आफू बिरामी भएकाले बैठकमा उपस्थित हन नसकेको भन्दै बिरामी बिदा स्वीकृत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई निवेदन पठाएका थिए । हालै सम्पन्न हिउँदे अधिवेशनमा सभामुख घिमिरेले कोइरीको बिदा स्वीकृतको प्रस्ताव बैठकमा पेश गर्दा कांग्रेस, माओवादी र रास्वपाका अधिकांश सांसदहरूले विरोध गर्दा कोइरी बिदा स्वीकृति अलपत्रमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर