हलिउड फिल्म ‘लभ अगेन’ र बेब सिरीज ‘सिटाडेल’ मा पुरुष अभिनेता बराबर पारिश्रमिक

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो आगामी हलिउड फिल्म ‘लभ अगेन’ र बेब सिरीज ‘सिटाडेल’ मा पुरुष अभिनेता बराबर पारिश्रमिक लिएकी छिन् ।

वर्षौंदेखि लैङ्गिकताको आधारमा पारिश्रमिकमा गरिने भेदभाबविरुद्ध आफ्नो धारणा राख्दै आएकी प्रियंकाले यसपटक बराबर पारिश्रमिक पाउदा खुशी व्यक्त गरेकी छिन् ।

प्रियंकाले ‘सिटाडेल’ मा आफ्ना सह-कलाकार रिचर्ड म्याडेनको बराबर पारिश्रमिक पाएपछि आफुले पत्याउनै नसकेको बताइन् ।

‘सिटाडेल’को प्रचारको क्रममा एक अन्तर्वार्तामा कुरा गर्दै प्रियंकाले भनिन्– ‘साँच्चै भन्नुपर्दा म निकै अचम्ममा परें, किनकि मैले यसबारे सोच्न वा बोल्न छोडेको थिएँ । मेरो पुरुष कलाकारले लिएको पारिश्रमिक र मैले लिएको पारिश्रमिकमा धेरै फरक हुन्थ्यो । जीवनमा यस्तो घटना घट्छ भन्ने मैले साँच्चै सोचेको थिइनँ।’

प्रियंकाले थप्दै भनिन्, ‘मेरो २२ वर्षको फिल्मी करियरमा मैले पुरुष बराबरको पारिश्रमिक पाएको यो पहिलो पटक हो।’

प्रियंकाले बराबर काम गरेर पनि महिला भएकाले कम पारिश्रमिक पाउने र फिल्म उद्योगमा पुरुषको दबदबा बढी हुने बताइन् ।

प्रियंकाको वेब सिरिज ‘सिटाडेल’ २८ अप्रिलमा ओटीटी मा रिलिज भइरहेको छ। साथै, आगामी मे १२ मा फिल्म ‘लभ अगेन’ रिलिज हुँदैछ, जसमा प्रियंकासँगै हलिउड अभिनेता साम ह्युगन देखिनेछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर