पीएसजी घरमै पराजित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित पीएसजीलाई लोरियन्टले ३-१ गोल अन्तरले हराएको हो ।

खेलको १५ औं मिनेटमा एन्जो ली फिले गोल गर्दै लोरियन्टलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २० औं मिनेटमा अचार्फ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

२९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

३९ औं मिनेटमा डार्लिन योङ्वाले गोल गर्दा लोरियन्ट २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा बाम्बा डिएङले गोल गर्दै लोरियन्टलाई ३-१ को जित दिलाए ।
यस जितसँगै लोरियन्टले ३३ खेलमा ४८ अंक जोडेको छ ।

लोरियन्ट खेलको १० औं स्थानमा रहेको छ ।

पीएसजी ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर