जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न शीर्ष स्थानमा

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई २-० गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा सेर्जी जिनाब्री र किङ्स्ले कोमानले एक एक गोल गरे ।

खेलको ६९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।

जितसँगै बायर्नले ३० खेलमा ६२ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा समेत उक्लिएको छ ।

हेर्था २२ अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर