विस्थापित राजतन्त्रप्रति ओली किन यति क्रुद्ध ? सान्दर्भिकता खोजिँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् ।
नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘राजतन्त्र कि स्वार्थी, कि फटाहा मान्छले कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् तिनले केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । अर्कोथरी स्वार्थ साध्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिँदै यस्तो हुनुपर्छ भनेर।’
ओलीले भने, ‘स्वार्थी तत्व त बिकाऊ मालहरूले मान्छन् । तिनीहरूको केही पनि छैन । थोरैमा एक दिनका लागि एकछिनका लागि एक हप्ता दश दिन जतिका लागि पनि किन्न सक्छ मान्छेले अपराधीकरणका लागि त्यस्ता तत्वले मान्छन् ।’
प्रतिपक्षी दलका नेता विस्थापित राजतन्त्रका विरुद्ध यत्ति धेरै किन क्रुद्ध भएका हन् भन्ने प्रश्न नेपाली राजनीतिक क्षेत्रमा जिज्ञासाको विषय भएको बुद्धिजीवीहरू टिप्पणी गर्छन् ।