वीरको पर्खाल भत्किँदा चारजना घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनमाथिको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो इँटको पर्खाल मक्किएर भत्किएको हो ।
पर्खालबाट केही इँट खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा लागेर तल खसेकाले गम्भीर चोट भने नलागेको बताइएको छ ।
प्रतिक्रिया