बारको विरोध एवं धर्ना कार्यक्रम सुरु

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले विरोध एवं धर्ना कार्यक्रम सुरु गरेको छ ।
कानुन व्यवसायीहरुले आइतबारदेखि बारको कार्यालयपरिसरमा विरोध प्रदर्शन गरे ।

उक्त विरोध एवं धर्ना कार्यक्रम एक हप्तासम्म चल्नेछ । यसैबीच गत बुधबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका न्यायाधीशहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर शीघ्रतिशीघ्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेका थिए । सरकारले न्यायपरिषद्को बैठक बोलाएतापनि कुनै निर्णय गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर