निराको हत्या लुटपाटको उद्देश्यबाट प्रेरित : प्रहरी

काठमाडौं । राजधानीको कपनकी व्यापारी निरा पाण्डे आचार्यको हत्या लुटपाटको उद्देश्यबाट अभिप्रेरित भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा पत्ता लगाएको छ । हत्याकाण्डबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए । प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो र आज आइतबार सार्वजनिक गरेको हो ।
गत वैशाख ७ गते निराको हत्यापछि उनले लगाएको सिक्री लुट्नुका साथै पसलको काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए । बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
‘अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ’, एसएसपी आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर