निराको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पाण्डेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्राचार्यले
शनिबार राति झापाबाट विनोद विकलाई पक्राउ गरिएको जानकारी दिए । अभियुक्त विक काठमाडौँमा बाउन्सरको काम गर्थे। निराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीको शंका छ। प्रहरीले उक्त हत्याकाण्डबारे थप विवरण सार्वजनिक गर्ने भएको छ । गत वैशाख ७ गते दिनदहाडै पसलमा नै बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो ।

प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । आरोपी पक्राउ गर्न आफन्त, व्यवसायी र स्थानीय जनताले आन्दोलन गरेर दबाब दिएका छन् । घटना भएको धेरै दिनसम्म पनि आरोपीलाई प्रक्राउ गर्न नसकेकोले एआइजी किरण बज्राचार्यको संयोजकत्वमा उच्च स्तरको अनुसन्धान समिति गठन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर