चट्याङ लागेर एक वृद्धको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।
सिदिङ्वा गाउँपालिका -६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो।
प्रतिक्रिया