रुसी आक्रमणमा परी ५ बालबालिकासहित २६ को मृत्यु

काठमाडौं । रुसी आक्रमणमा परी ५ जना बालबालिकासहित २६ जनाको मृत्यु भएको छ ।

युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिकको मृत्यु गरेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य देखिएका थिए। भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका छन् ।

यो वर्ष शिशिर यामको प्रारम्भमा उर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा फेरी आक्रमण गर्न थालेको छ । करिब ८० हजार बासीन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ ।

पूर्वी लुगान्स्क शहर रुसले नियन्त्रणमा लिएको छ । रुसी क्षेप्यास्त्रहरू मध्य शहर डिनिप्रोमा पनि बर्सिएका छन् । गत जनवरीमा उक्त शहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाको मृत्यु भएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर