एन्फा र साउदी फुटबलबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल विकास र विभिन्न फुटबल गतिविधि संचालन गर्न साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको छ ।

एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।

साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी अरेबिया फुटबलका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ सम्बन्ध विकास गर्न तथा विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु सम्झौताको उद्देश्य रहेको एन्फाले जनाएको छ ।

सम्झौतासँगै दुबै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेलका लागि अवसरहरू प्रदान गर्ने छन् ।

यस्तै युथ फुटबल डेभलपमेन्ट र युथ कार्यक्रम सम्बन्धी कार्यहरु आदानप्रदान हुनेछ ।

एन्फा र साउदीबीच प्रशिक्षक तालिमको कार्यक्रम आयोजना गर्ने तथा प्रशिक्षक तालिम मिलेर आयोजना गरिने सम्झौतामा उल्लेख छ ।

अध्यक्ष यासर फिफा काउन्सिल सदस्य र एएफसी विकास समितिका अध्यक्ष हुन् । एन्फा अध्यक्ष नेम्वाङ एएफसीको विकास समितिका उपाध्यक्ष हुन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर